Main News

राजावादीको जुलुसमा नजान सरकारले गर्‍यो अपील (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १४ गते १९:२८
राजावादीको जुलुसमा नजान सरकारले गर्‍यो अपील (भिडियोसहित)

१४ मंसिर, २०७७ काठमाडौं । गणतन्त्रको विरोध र राजतन्त्र पुनर्स्थापनाको पक्षमा देशका विभिन्न ठाउँमा भैरहेका प्रदर्शनबारे सरकारले मुख खोलेको छ ।

पत्रकार सम्मेलन गरी सरकारले राजावादीहरुले संविधान र व्यवस्थाविरुद्ध जनतालाई भड्काउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

नेपाल सरकार प्रवक्ता पार्वत गुरुङले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीले टाउको उठाउन खोजेको भन्दै यसमा सहभागी नहुन सबैलाई अपील गर्नुभएको छ ।

केही समययता देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेका छन् । राप्रपाले यसमा खुलेरै समर्थन र अगुवाई गरिरहेको छ भने नेकपा र कांग्रेसकै समर्थक पनि यसमा सहभागी भएको पाइएको छ ।

हिजो मात्रै नेपालगञ्जमा राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाको अगुवाईमै जुलुस निस्केको थियो । त्यसपछि आज सरकारले यसबारे प्रतिक्रिया दिएको हो ।

प्रतिक्रिया

3 thoughts on “राजावादीको जुलुसमा नजान सरकारले गर्‍यो अपील (भिडियोसहित)

  1. जनताले ल्याएको गणतन्त्र जनताले फाल्न चाहिरहेका ढन भने यिनलाई किन टाउको दुखाई होला

  2. जनता के चाहन्छन् भने तपाईं हरु को अपिल ले रोक्दै न । जनता बुझि सके आब ।

  3. जनताले बुझी सकेको छ । यस्तो महामारीको अवस्थामा सरकारले जनतालाइे सहयोग गर्नुको सट्टा कर वाट च्यापिको छ देशमा भष्टाचार को सिमा नाघेको छ । जनताको लागि सरकारले के गर्दो रहेछ । सरकारले अब राजावादीहरुलाइे राजाको पछमा अवाज उठाउन रोक्न सकिदैन ।यो सहि कुरा हो। जनताले अव लोकतन्त्रवाट राजतन्त्रको शासन व्वस्था ठीक लाग्न लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *