Main News

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, १२५५ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ मंसिर १४ गते १६:३२
कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, १२५५ जना संक्रमित थपिए

१४ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो १९ जना संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो पटक १ हजार २ सय ५५ जना संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । पछिल्लो पटक ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ ।

काठमाडौं उपत्यकामा ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा एक लाख ७ हजार ५ सय ९६ जनालाइ कोरोना संक्रमण भएको छ ।

पछिल्लो पटक १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । देशभर संक्रमण हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर १३ हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा छन् । १७ हजार ९ सय ९ जना सक्रिय संक्रमितमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन् । मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *