सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्ड पाँच दिन दैनिक चार घण्टा बन्द

हिमालय टिभी
२०७७ मंसिर १४ गते १४:००
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्ड पाँच दिन दैनिक चार घण्टा बन्द

१४ मंसिर, २०७७ पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आजदेखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

सिद्धार्थ राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक बिहान साढे १० बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *