Political Hightlights

नेताहरुले चाहे नेकपाको समस्या समाधान हुन्छः उपाध्यक्ष गौतम

हिमालय टिभी
२०७७ मंसिर १४ गते १३:०८
नेताहरुले चाहे नेकपाको समस्या समाधान हुन्छः उपाध्यक्ष गौतम

१४ मंसिर, २०७७ काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेताहरुले चाहेमा पार्टीमा देखिएको समस्या समाधान गर्न सकिने बताउनु भएको छ ।

हिजोको सचिावालय बैठकमा दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको भन्दै विज्ञप्ती निकालेर गौतमले बैठक र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्नु भएको हो ।

पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको र चाहेमा अब समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

पार्टीको जीवन कमिटिका बैठकहरुमा हुने र बैठकहरुको जीवन छलफलमा हुने भन्दै उपाध्यक्ष गौतमले बैठक र छलफल छाडेकै दिन पार्टीको जीवन समाप्त हुने टिप्पणी गर्नु भएको छ ।

बैठकमा आफूलाई लागेको कुरा खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्न उहाँले अध्यक्षद्धयलाई आग्रह गर्नु भएको छ । नेकपाको सचिवालयको अर्को बैठक आउँदो मंगलबार बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्