Main News

आगामी तीन दिन मौसम सफा रहने

हिमालय टिभी
२०७७ मंसिर १४ गते ९:०४
आगामी तीन दिन मौसम सफा रहने

१४ मंसिर, २०७७, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसम सफा रहने जनाएको छ ।

विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजदेखि तीनै दिन देशभर मौसम सफा रहने विभागले जनाएको छ ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पश्चिमी वायुको प्रभावले केही दिन प्रभावित मौसम क्रमशः हिजोदेखि सुधार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *