खेलकूद

लिभरपुल इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ मंसिर १४ गते ७:३३
लिभरपुल इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा

१४ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा ब्राइटनसँग १–१ गोलको बराबरी खेले पनि लिभरपुल शीर्ष स्थानमा पुगेको हो । ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा ६० औं मिनेटमा लिभरपुलले डिएगो जोटाको गोलसँगै अग्रता लिएको थियो ।

ब्राइटनका लागि इञ्जुरी समयको तेस्रो मिनेटमा ग्रोबले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरी गरे । लिभरपुलले १० खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको टोटेनह्यामको २० अंक छ ।

लीगकै अर्को खेलमा म्यानचेष्टर सिटीले बर्नलीमाथि ५–० गोलको जित निकाल्यो । घरेलु मैदानमा सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरे । महरेजले छैठौं मिनेटमै सिटीलाई अग्रता दिलाएका थिए ।

उनले २२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । त्यसपछि सिटीका लागि ४१औं मिनेटमा बेञ्जामिन मेन्डी र ६९ औं मिनेटमा फेरान टोरेसले एक(एक गोल थपे । ६९औं मिनेटमा महरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे । सिटी तालिकाको आठौं स्थानमा रहेको छ ।

लीग अन्तर्गत गएराति नै भएका अन्य खेलमा लिड्सले एभर्टनलाई र वेष्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई समान १० गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्