Main News

एमसीसीका विषयमा प्रचण्डले ढुलमुले नीति लिएको प्रधानमन्त्री ओलीको आरोप

हिमालय टिभी
२०७७ मंसिर १३ गते १८:५३
एमसीसीका विषयमा प्रचण्डले ढुलमुले नीति लिएको प्रधानमन्त्री ओलीको आरोप

१३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा प्रचण्डले ढुलमुले नीति लिएको भन्दै आलोचना पनि गर्नु भएको छ ।

प्रचण्डले प्रस्तावमा एमसीसीलाई गुमराहमा राखेको आरोप लगाउनुभएको थियो । जवाफमा ओलीले तत्कालिन नेकपा माओवादी–केन्द्र र काङ्ग्रेसको संयुक्त सरकार हुँदा एमसीसीमा हस्ताक्षर गरिएको प्रसंग सम्झाउनु भएको छ ।

उहाँले हस्ताक्षरकर्ता ‘राष्ट्रवादी’ हुने र कार्यान्वयन गर्रौँ भनेर अगाडि बढाउन कोशिस गर्ने आफू चाहिँ कसरी ‘राष्ट्रिय हित विरोधी’ भन्दै प्रश्न गर्नु भएको छ । उहाँले एमसीसी पारित गरे नेपाललाई फाइदा नै पुग्ने भन्दै यस्ता विषयमा राजनीति नगर्न पनि आग्रह गर्नुभएको छ ।

अहिल्यै राष्ट्रव्यापी हाइभोल्टेज ट्रान्समिशन नेटवर्कको अभावमा उत्पादित बिजुली खेर जाने अवस्था आइसकेको भन्दै ओलीले आगामी दिनमा झन समस्या आउने भएकाले एमसीसी अघि बढाउनै पर्ने तर्क गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *