मेची राजमार्गको फिदिम खण्ड फराकिलो बन्ने

हिमालय टिभी
२०७७ मंसिर १३ गते १८:२०
मेची राजमार्गको फिदिम खण्ड फराकिलो बन्ने

१३ मंसिर, २०७७, फिदम । मेची राजमार्गको फिदिम खण्डलाई फराकिलो बनाइने भएको छ ।

अर्थमन्त्रालयले १४ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेकाले मुख्य बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि टेण्डरको प्रक्रिया अघि बढाउने तयारी भएको छ । घर लगायतका संरचना हटाएर फिदिम बजारमा १६ मिटर चौडा सडक बनाइने छ ।

केही समय अगाडी राजमार्गको क्षेत्राधिकारमा पर्ने संरचना हटाउन सडक डिभिजन कार्यालय इलामले सार्वजनिक सूचना जारी गरेको थियो ।

फिदिमको मुख्य बजार क्षेत्रमा सडक मिचेर बनेका घर लगायतका संरचना हटाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *