Political Hightlights

साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई मुख्यमन्त्री पोखरेलको आग्रह

हिमालय टिभी
२०७७ मंसिर १३ गते १३:११
साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई मुख्यमन्त्री पोखरेलको आग्रह

१३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ ।

मंसिर ३ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको एकल प्रतिवेदन आएलगत्तै साझा दस्तावेजको विषय उठाएका नेता पोखरेलले आज पनि साझा दस्तावेज बनाउन अध्यक्षद्वय ओली र प्रचण्डलाई आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत् नेता पोखरेलले पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगितगरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठकलाई अग्रसर बनाउन आग्रह गर्नु भएको हो ।

नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला पोखरेलले दुई अध्यक्षलाई सहमति गराउन भेटवार्ता पनि बाक्लो बनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्