Main News

चिनियाँ रक्षामन्त्री वेई फेङ्वे भोलि नेपाल आउने

हिमालय टिभी
२०७७ मंसिर १३ गते ८:५३
चिनियाँ रक्षामन्त्री वेई फेङ्वे भोलि नेपाल आउने

१३ मंसिर, २०७७ काठमाडौं । सरकारले चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे भोलि नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी गराएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर रक्षा मन्त्री वेई नेपाल आउनु एक दिनअघि औपचारिक जानकारी दिएको हो । भोलि बिहान काठमाडौँ आउने वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।

यस्तै उहाँले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ ।

उहाँ भोली बेलुका नै स्वदेश फर्कनुहुनेछ । पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन्। दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला हिजो स्वदेश फर्किएका थिए ।

श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *