खेलकूद

दक्षिण अफ्रिका पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डसँग पराजित

हिमालय टिभी
२०७७ मंसिर १३ गते ७:३४
दक्षिण अफ्रिका पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डसँग पराजित

१३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा पराजित गरेको छ ।

पाहुना टोली इंग्ल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा दक्षिण अफ्रिकामाथि ५ विकेटको जित निकालेको हो । १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन चार बल अगावै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

उसका लागि जोन्नी बेरिष्टोले नटआउट ८६ रन बनाए । त्यस्तै बेन स्टोक्स ३७ तथा डाविड मलान १९ रनमा पेभेलिएन फर्के । बलिङमा दक्षिण अफ्रिकाका जर्ज लिन्डे र लुंगी निडीले समान दुईदुई विकेट लिए ।

यसअघि केप टाउनमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि फाफ डुप्लेसिसले ५८ तथा राशी भान डेर डुसानले ३७ रन बनाए। बलिङमा इंग्ल्याण्डका साम करनले तीन विकेट हात पारे । जोन्नी बेरिष्टो म्यान अफ म्याच चुनिए ।

जितसँगै तीन ट्वेन्टी(ट्वेन्टी खेलको श्रृंखलामा इंग्ल्याण्डले १० को अग्रता बनाएको छ । श्रृंखला अन्तर्गतको दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्