Main News

ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

हिमालय टिभी
२०७७ मंसिर १२ गते १७:०८
ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको हो ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको जग्गाको सेयर आफ्नो नाममा पारेर उनले ठगी गरेको आरोप छ । न्यौपानेविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पनि उजुरी छ ।

उनीविरुद्धको अर्को मुद्दा अदालतमा विचराधीन छ । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष थिए ।

२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *