Main News

१०४६० जनामा परीक्षण गर्दा १७०३ जनामा कोरोना पुष्टि, थप २३ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १२ गते १६:३१
१०४६० जनामा परीक्षण गर्दा १७०३ जनामा कोरोना पुष्टि, थप २३ जनाको मृत्यु

१२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । चारदिनयता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० भन्दा माथि छ ।

मंगलबार २४, बुधबार २८ र बिहीबार २३ जनाको मृत्यु भएको छ । देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । मृत्यु हुनेको संख्या बढे पनि संक्रमितको संख्या भने लगातार घटिरहेको छ ।

आज १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १७ सय ३ जना संक्रमति थपिएका छन् । केही दिनयता दैनिक संक्रमितको संख्या २ हजारभन्दा कम छ ।

नेपालमा संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । थपिएका मध्ये काठमाडौं उपत्यकामा ८ सय २२ जना छन् । काठमाडौंमा ५ सय ९९, ललितपुरमा १ सय ६० र भक्तपुरमा ६३ जना नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै मोरङमा १ सय ९, झापामा ९०, रुपन्देहीमा ७०, कास्कीमा ५४ र दाङमा ४५ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक १२ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । देशमा आज १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित छन् । ३ सय ५४ जना संक्रमितको आइसीयूमा र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *