Main News

आज पनि बालबालिकालाई भिटामिन ए र बालविटा खुवाइँदै

हिमालय टिभी
२०७७ मंसिर १२ गते ८:५९
आज पनि बालबालिकालाई भिटामिन ए र बालविटा खुवाइँदै

१२ मंसिर, २०७७ काठमाडौं । आज पनि बालवालिकालाई भिटामिन ए र बालविटा खुवाइँदैछ ।

नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क भिटामिन ए र जुकाका औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । वर्षको दुईपटक सामान्यतः कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गर्ने गरिन्छ ।

यसपटक भने कोभिड– १९ महामारी, दसैं, तिहार र छठ पर्वले चालु आर्थिक वर्षको प्रथम चरणमा हिजो र आज देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए र जुकाका औषधि निःशुल्क वितरण गरिरहेका छन ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोगप्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्छ । ६ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिन्छ।

त्यस्तै १२ महिनादेखि २ वर्षसम्म आधा ट्याब्लेट र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहकालाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *