Political Hightlights

प्रधानमन्त्री ओलीद्वारा व्यवसायीको कार्यक्रममा प्रचण्डको आलोचना

हिमालय टिभी
२०७७ मंसिर ११ गते १९:५४
प्रधानमन्त्री ओलीद्वारा व्यवसायीको कार्यक्रममा प्रचण्डको आलोचना

११ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीका अगाडि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्नुभएको छ ।

उद्योग वाणिज्य महासंघका ५४ औं साधारण सभामा प्रधानमन्त्री ओलीले प्रचण्डको नामै नलिई प्रहार गर्नुभएको हो ।

प्रचण्डले दलाल पूँजीवादलाई प्रश्रय दिएको भनेर राजनीतिक प्रस्तावमा आरोप लगाएकोमा ओलीले त्यसको खण्डन गर्नुभयो । प्रचण्डले उद्योगी व्यवसायीलाई विभाजन गर्न खोजेको ओलीको आरोप छ ।

प्रधानमन्त्री ओलीले स्वदेशी पूँजी र उद्योगीलाई संरक्षण गर्ने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो ।

ओलीले प्रचण्डले लगाएका विभिन्न आरोपको पार्टी सचिवालय बैठकमा लिखित जवाफ दिने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्