Main News

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ११ गते १४:१०
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालमा (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ ।

विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आउनुभएको हो ।

विदेश सचिव बनेपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गरिरहनु भएको छ भने उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।

भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

विदेश सचिव श्रृंगला नेपाल रहँदासम्म द्धारिका होटलमा बस्नुहुनेछ । भारतीय विदेश मामिला मन्त्रालयले यसअघि नै विदेश सचिव श्रृंगलाको भ्रमण औपचारिक हुनुका साथै नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहेको बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *