खेलकूद

विश्व प्रसिद्ध फूटबल खेलाडी डिएगो म्याराडोनाको निधन

हिमालय टिभी
२०७७ मंसिर ११ गते ६:४४
विश्व प्रसिद्ध फूटबल खेलाडी डिएगो म्याराडोनाको निधन

११ मंसिर, २०७७ अर्जेन्टिना । विश्व प्रसिद्ध अर्जेन्टिनी फूटबल खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण निधन भएको छ ।

विश्वकै चर्चित फूटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन ब्वाई उपनाम समेत पाएका म्याराडोनाको हृदयघातका कारण घरमै निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा दुई साताअघि मात्रै उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९ सय ८६ मा अर्जेन्टिनालाई विश्वकप फूटबलको उपाधि दिलाएका थिए ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले सन् १९ सय ७७ देखि १९ सय ९४ सम्म खेलेका थिए । उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । त्यस्तै सन् २ हजार ८ देखि २ हजार १० को विश्वकपसम्म उनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

स्पेनिस क्लब बार्सिलोना, सेभिया र इटालियन क्लब नापोलीबाट समेत खेलेका म्याराडोनाले दुई पटक इटालियन सिरि ए को उपाधि पनि जिताएका थिए । उनले क्लब फूटबलको अन्त्य सन् १९ सय ९७ मा बोका जुनियर्सबाट गरेका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले गएको अक्टोबर ३० तारिखमा प्यात्रोनाटोविरुद्धको खेलमा ३(० को जित दिलाएका थिए । उक्त खेलकै क्रममा अस्वस्थ महसुस गरेका थिए।

म्याराडोनाको निधनले विश्व फूटबल जगत नै स्तब्ध भएको छ । फूटबलका जीवित भगवान मानिने पेलेले म्यारोडोनाको निधनप्रति दुख व्यक्त गरेका छन् ।

म्यारोडोनाको निधनपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफूले एक महान साथी गुमाएको बताए । यस्तै उनले आफूहरुले एक दिन आकाशमा फूटबल खेल्ने पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्