Main News

कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, १९४८ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ मंसिर १० गते १६:२८
कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, १९४८ जना नयाँ संक्रमित थपिए

१० मंसिर, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ। संक्रमण शुरु भएयता एकैदिन मृत्यु भएको यो दोस्रो उच्च संख्या हो ।

यसअघि कोरोना संक्रमणबाट एकैदिन नेपालमा ३० जनाको मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

परीक्षण कम भएकाले केही दिनयता नयाँ संक्रमितको संख्या भने दैनिक २ हजार हाराहारीमा मात्रै देखिएको छ । तर मृत्युदर भने बढेको छ ।

पछिल्लो पटक ९ हजार २ सय १० नमूना परीक्षण गर्दा १९ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

थपिएका मध्ये काठमाडौँ उपत्यकामा ८ सय ३५ जना छन् । काठमाडौँमा ६ सय ३५, ललितपुरमा १ सय १३ र भक्तपुरमा ८७ संक्रमित थपिएका छन् । उपत्यकावाहिर झापामा १ सय ९३, कास्कीमा ९०, चितवनमा ८२, मोरङमा ७२, सुनसरीमा ५३, दाङमा ५१, रुपन्देहीमा ४७ र धनुषामा ४६ नयाँ संक्रमित भेटिएका छन् ।

गत २४ घण्टामा ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । अब सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ मा झरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *