Main News

बर्दिवासमा निषेधाज्ञाका बावजुद प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १५:०८
बर्दिवासमा निषेधाज्ञाका बावजुद प्रदर्शन (भिडियोसहित)

१०, मंसिर, २०७७ बर्दिवास । बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले महोत्तरीको बर्दिवासमा निषेधाज्ञा जारी गरेको छ। निशेषज्ञाका बावजुद स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म बर्दिवासमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

पूर्वमा वडा नम्बर एकको रातो खोला, पश्चिममा वडा नम्बर ५ को माइस्थान, उत्तरमा वडा नम्बर ३ को पाटु र दक्षिणमा वडा नम्बर ८ को क्वार्टर चौकसम्म निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञा अवधिभर र उक्त क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञा अबधिमा राजमार्गमा भने सवारी साधन सञ्चालन हुनेछन । सहमतिका लागि प्रशासनको पहलमा अहिले सर्वपक्षीय छलफल पनि भइरहेको छ ।

छ वर्षीया बालिका गुलाब साह खातुनको हत्याविरुद्ध बर्दिवासमा हिजो भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोली लागेका ४३ वर्षीय बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

न्यौपानेको मृत्युपछि स्थिति थप तनावग्रस्त हुने देखिएपछि प्रशासनले आज निषेधाज्ञा लगाएको हो । न्यौपानेको उपचारको क्रममा गएराति काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो । प्रहरीको गोली लागेर अन्य तीनजना पनि घाइते भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *