Main News

बर्दिवास प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते न्यौपानेको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर १० गते ७:२४
बर्दिवास प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते न्यौपानेको मृत्यु

१० मंसिर, २०७७ बर्दिवास । छ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याविरुद्ध महोत्तरीको बर्दिबासमा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ।

गोली लागेर गम्भीर घाइते भएका बर्दिबास– १ का ४३ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा गएराति ग्राण्डी अस्पताल काठमाडौंमा मृत्यु भएको स्थानीय विष्णु बम्जनले जानकारी दिनुभयो ।

न्यौपानेको उपचारको क्रममा राति साढे १२ बजे ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । तिघ्रामा गोली लागेका न्यौपानेको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको हो।

स्थानीयवासीको प्रदर्शनमा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए। गोली लागेर घाइते भएका स्थानीय अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको छ ।

न्यौपानेको मृत्यु भएसँगै आज पनि बर्दिबासका स्थानीयले थप प्रदर्शन शुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *