खेलकूद

विवाह मण्डपबाट गोलकिपर श्रीमतीसहित मैदान उत्रेपछि…

हिमालय टिभी
२०७७ मंसिर ९ गते १६:५२
विवाह मण्डपबाट गोलकिपर श्रीमतीसहित मैदान उत्रेपछि…

कुनै पनि मानिसका लागि विवाहको दिन विशेष हुन्छ । यस दिनमा उसले सबै कामकाज छोडी नयाँ जिन्दगीको कल्पना गरिरहेको हुन्छ ।

विवाहको दिनमा काममा जाने कुरा सायदै कसैले सोचेको हुन्छ । तर, अष्ट्रेलियाका एक फुटबलर भने विवाहलगत्तै सुहागरातको तयारी गर्नुको सट्टा फूटबल मैदानमा पुगे । त्यो पनि नयाँ बेहुलीसहित ।

लायन फूटबल क्लबका गोलकिपर ल्युक बोरेनका लागि शनिबारको दिन महत्वपूर्ण थियो । त्यो उनको विवाहको दिन थियो । त्यससँगै उनको क्लबले दोस्रो डिभिजनको लिग खेल्दै थियो ।

त्यो खेल क्लबका लागि अति नै महत्वपूर्ण थियो । टिम सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल म्याच पेनेन्सुला पावलको मैदानमा थियो ।

क्लबका स्टार गोलकिपर नआउने भएपछि प्रशिक्षण दल चिन्तित बनेको थियो । तर, श्रीमतीसँगै गोलकिपर बोरेन मैदानमा पुगे ।

सो खेलमा लायन्स ४–१ ले विजयी भयो र फाइनलमा पुग्यो । उनले उत्कृष्ट प्रदर्शन गरेर टिमलाई हारबाट जोगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्