Main News

बैतडीमा भएको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७७ मंसिर ९ गते १४:४२
बैतडीमा भएको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ६ जना घाइते

९ मंसिर, २०७७ बैतडी । बैतडीमा आज दिउँसो भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जिप दशरथचन्द नगरपालिका वडा नम्वर १० बुड्डामा आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो । मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए ।

साथमा रहेका परिवारका पाँच ६ सदस्य घाइते भएका छन् । जीप सडकबाट २५० मिटर तल खसेको छ । जीपमा चालकसहित १२ जना सवारी रहेको प्रहरीले बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ अड्तोलाका ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द र सोही ठाउँकी ७५ वर्षीया पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य सबैको अवस्था सामान्य रहेको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । जीप चालकलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

साँघुरो सडक र तीव्र गतिका कारण बैतडीमा पटक पटक कहालीलाग्दा दुर्घटना हुने गरेका छन् । कात्तिक २७ गते राति बैतडीको खोड्पेमा बस दुर्घटनामा परेर नौ जनाको ज्यान गएको थियो भने ३४ जना घाईते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *