खेलकूद

बंगलादेशबाट फर्किएका फूटबल खेलाडी क्वारेन्टिनमुक्त

हिमालय टिभी
२०७७ मंसिर ९ गते १३:५९
बंगलादेशबाट फर्किएका फूटबल खेलाडी क्वारेन्टिनमुक्त

९ मंसिर, २०७७ काठमाडौं । बंगलादेशबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका फूटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले रिलिज गरेको छ ।

मैत्रीपूर्ण खेलबाट फर्किएलगतै एन्फा होस्टलमा बसिरहेका उनीहरुलाई स्वास्थ्य जाँचपछि रिलिज गरिएको एन्फाले जनाएको छ । ढाकाबाट गत साता नेपाल फर्किएको टोलीको हिजो पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

क्याम्पबाट रिलिज भएका खेलाडी १५ दिनको विश्राम पछि फेरि प्रशिक्षणमा फर्किने छन् । नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय भने कोरोना संक्रमित भएपछि अहिले ढाकामै क्वारेन्टिनमा छन् ।

एक वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको नेपालले गत साता बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा २–० को हार भोगेको नेपालले दोस्रो खेल गोल रहित बराबरी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्