चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणप्रति भारतले जनायो असन्तुष्टि

Himalaya Television
२०७७ मंसिर ९ गते १३:३१

चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणप्रति भारतले जनायो असन्तुष्टि

९ मंसिर, २०७७ काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् ।

एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसनले सोमबार गरेको नेपाल–भारत सम्बन्ध विषयको सेमिनारमा पूर्वराजदूत रायले नेपालले भारतीय सेना प्रमुखको भ्रमणलगत्तै सन्तुलन मिलाएर चिनियाँ रक्षामन्त्रीलाई आमन्त्रण गरेजस्तो देखिए पनि त्यो अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

भारतीय विदेश सचिवको भ्रमण हुनासाथ चिनियाँ रक्षामन्त्रीलाई बोलाएर भारतको संवदेनशीलताप्रति नेपाललाई कुनै प्रकारको चिन्ता नभएको संदेश दिन खोजिएको उनको बुझाइ छ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला पर्केको दुई दिनपछि अर्थात मंसिर १४ गते चिनीयाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुँदैछ । तीन वर्षमै चिनियाँ रक्षामन्त्रीको दोस्रो पटक नेपाल भ्रमण हुनु त्यति सामान्य नभएको रायको तर्क छ ।

रायका अनुसार नेपाल भारत सीमा विवादका विषयमा विदेश सचिवस्तरमा वार्ता गर्नुपर्छ । तर त्यसबारे नेपालले संविधान संशोधन गरिसकेकाले समस्या भएको रायले बताएका छन् ।

सिफारिस भएका विषयमा सरकारले निर्णय गर्ने भनेर स्पष्ट पारिएकाले इपीजीको प्रतिवेदनले गरेका सिफारिसहरु कार्यान्वयन गर्न बाध्यकारी नभएको रायले बताएका छन ।

इपीजीको प्रतिवेदनमा भएका समस्याबारे अब भारतले विदेश सचिवको भ्रमणका बेला स्पष्ट बोल्ने उनको अनुमान छ । सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न सचिवस्तरको समिति निर्माण गरिएको र त्यसमा भारत खुला रहेको पूर्वराजदूत रायले बताएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs