Main News

बीबीसीको प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर

हिमालय टिभी
२०७७ मंसिर ९ गते १३:१६
बीबीसीको प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर

९ मंसिर, २०७७ काठमाडौं । म्याग्दीकी सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीको प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ ।

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया मगर बीबीसीको एक सय जना प्रभावशाली महिलाको सूचीमा पर्नुभएको हो ।

बीबीसीले आज सन् २०२० का १ सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । मगरले कम्तीमा ३६ वटा बेवारिसे शव पशुपति आर्यघाटमा जलाइसक्नुभएको छ ।

उहाँले लकडाउनका बेला निःशुल्क खानासमेत खुवाउँदै आउनुभएको छ । सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोभिड–नाइन्टिनविरुद्धको खोपको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *