खेलकूद

बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण

हिमालय टिभी
२०७७ मंसिर ९ गते ९:११
बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण

९ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुँदैछ ।

बन्द प्रशिक्षणमा बस्नु अघि आज नेपाली राष्ट्रिय क्रिकेट टोली सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने भएको हो । खेलाडी र प्रशिक्षकको परीक्षण कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

कोरोना महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौं आइसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । ्

उता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण हुने बताउनुभयो । टोलीको प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ ।

नेपालले विश्वकप लीग क्रिकेट दुई अन्तर्गत सन् २ हजार २१ मा ५ वटा श्रृंखला खेल्ने तालिका रहेको छ । बन्द प्रशिक्षणमा २२ खेलाडी सहभागी हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्