Political Hightlights

सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सत्ता साझेदारी भएको छैनः प्रवक्ता शर्मा

हिमालय टिभी
२०७७ मंसिर ८ गते १८:५८
सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सत्ता साझेदारी भएको छैनः प्रवक्ता शर्मा

८ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको पछिल्लो भेट सत्ता साझेदारीका लागि नभएको दावी गरेको छ ।

नेकपामा विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले देउवालाई भेटी नेकपा फुटेपछि मिलेर सरकार चलाउने प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि कांग्रेसले आज खण्डनको प्रयास गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओली र देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गर्नुभएको छ । जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको उहाँको दाबी छ ।

उहाँले नेकपाभित्रको द्वन्दमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत बताउनुभयो । संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता बीच हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्