Main News

भारतीय विदेश सचिव श्रींगला मंसिर ११ गते नेपाल आउने

हिमालय टिभी
२०७७ मंसिर ८ गते १४:५५
भारतीय विदेश सचिव श्रींगला मंसिर ११ गते नेपाल आउने

८ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो । श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जनाएको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण पछि भारतीय विदेश सचिवको भ्रमण हुन लागेको हो ।

यसपछि भारतीय विदेश मन्त्री एस जय शंकरको भ्रमणको तयारी भैरहेको छ । भारतकै कारण बिग्रेको सम्बन्ध सुधार्ने क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाह मध्ये एक जनाको पनि नेपाल भ्रमण हुने चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *