Main News

कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई शिक्षामन्त्रीले गरे यस्तो अनुरोध (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ८ गते १३:३१
कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई शिक्षामन्त्रीले गरे यस्तो अनुरोध (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नु भएको छ ।

परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्नु भएको छ ।

कक्षा १२ को परीक्षा भोलिदेखि शुरु हुँदैछ । मन्त्री पोख्रेलले आफू पनि कोरोना संक्रमित भएको अनुभव सुनाउँदै हेलचक्रर्याँई नगर्न पनि अपिल गर्नुभएको छ ।

यस पटकको परीक्षामा आफू रहेको स्थान नजिकको परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुनेछ ।

परीक्षा सञ्चालन गर्न तीनै तहका सरकारको भूमिका रहने भए पनि स्थानीय सरकारलाई बढी जिम्मेवार बन्न मन्त्री पोख्रेलले आग्रह गर्नु भएको छ ।

परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *