Main News

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

हिमालय टिभी
२०७७ मंसिर ८ गते १३:०२
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद गहिरिँदै गएर फुटको संघारमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पुनः सक्रिय हुनुभएको छ ।

उहाँले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

राजदूत यान्छीले आज बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार प्रचण्डसँगको भेटमा राजदूत यान्छीले हालसालै सकिएको दशैं, तिहार छठलगायतको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र पार्टीबीचको सम्बन्धको विषयमा चासो राख्नुभएको थियो ।

नेकपाको विवाद चर्किएका बेला भएको प्रचण्ड र राजदूत यान्छीबीचको भेटलाई अर्थपू्र्ण रुपमा हेरिएको छ । यसअघि मंसिर २ गते राजदूत होउ यान्छीले मध्यरातमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता २ घन्टा लामो भेटवार्ता गर्नुभएको थियो ।

नेकपामा सत्ता संकट आउँदा चिनियाँ पक्षले चासो दिँदै आएको छ । आरोपप्रत्यारोपबाट फुटको डिलैमा पुगेको नेकपामा शीर्ष नेताहरुबीच संवादहीनताको अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *