Main News

प्रधानमन्त्री ओलीद्वारा चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

हिमालय टिभी
२०७७ मंसिर ७ गते १८:३६
प्रधानमन्त्री ओलीद्वारा चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग परामर्श गर्नुभएको छ ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भारत र चीनबाट उच्च पदस्थ व्यक्तिको भ्रमण हुन लागेकाले सुरक्षाका विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगला मंसिर ११ गते र चीनका रक्षामन्त्री वेई फेङ मंसिर १४ गते नेपाल आउने भएपछि प्रधानमन्त्रीले चारै सुरक्षा निकायका प्रमुखसँग परामर्श गर्नुभएको हो ।

यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थापना दिवस मनाईरहेकाले उसका गतिविधि बारे पनि छलफल भएको छ । विप्लव समूहले मंसिर ६, ७ र ८ गते स्थापना दिवसका अवसरमा ठाउँ ठाउँमा विभिन्न कार्यक्रम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *