Main News

काठ काट्न र विक्री वितरण गर्न नपाए आन्दोलनमा उत्रने महासंघको चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते १७:४६
काठ काट्न र विक्री वितरण गर्न नपाए आन्दोलनमा उत्रने महासंघको चेतावनी (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । राष्ट्रिय वन उपभोक्ता महासंघ नेपालले काठ कटान, ओसार पसार र विक्री वितरण तत्काल खुला गर्न सरकारसँग माग गरेको छ ।

साल बाहेकका काठ मात्र खुलाउने सरकारी निर्णयले १ करोड ४० लाखभन्दा बढी उपभोक्ता आफ्नो घरगोठ बनाउनबाट बञ्चित रहेको भन्दै महासंघले यस्तो माग गरेको हो ।

देशभरका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी र १ करोड ४० लाख उपभोक्ता आफ्नो दैनिक कामबाट समेत बञ्चित भएको महासंघको दावी छ ।

अध्यक्ष पाठकले सामुदायिक वनले स्थानीय गरिब विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिँदा चाड पर्वसमेत मनाउन नपाएको बताउनुभयो । अहिले वन व्यवस्थापनका लागि अपनाइएको पद्धतिसमेत गलत भएको उहाँको दावी छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्दै प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकेर त्यसमा रहेको बजेट सामुदायिक वन व्यवस्थापनको काममा लगाउन पनि माग गरेको छ । उत्पादन बढाउने विधि र प्रकृया राखी सबैको सहभागितामा सामुदायिक वनको कार्ययोजना परिमार्जन गर्न पनि महासंघले माग गरेको छ ।

महासंघले चुरे संरक्षण र व्यवस्थापन स्थानीय समुदायको नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्था गर्न पनि माग गरेको छ । महासंघले माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *