कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

रासस
२०७७ मंसिर ७ गते १७:२८

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

७ मंसिर, २०७७ लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *