कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ७ गते १३:१२
कोरोना संक्रमणबाट बाँकेमा उपचाररत दाङका दुई जनाको मृत्यु

७ मंसिर, २०७७, बाँके । बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष छन् ।

घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान मृत्यु भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *