Political Hightlights

चितवन घटनाका विषयमा नेकपा प्रवक्तामाथि प्रधानमन्त्रीका सल्लाहकारको प्रहार

हिमालय टिभी
२०७७ मंसिर ७ गते १३:०९
चितवन घटनाका विषयमा नेकपा प्रवक्तामाथि प्रधानमन्त्रीका सल्लाहकारको प्रहार

७ मंसिर, २०७७ काठमाडौं । चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आरोप प्रत्यारोप शुरु भएको छ।

शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोप लगाउँदै नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए। घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत् जवाफी आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार हुँदा चुप बस्ने पार्टी प्रवक्ताले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित भनेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै थापाले बुटवलमा मुख्यमन्त्री पोखरेलले चढेको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाएको, तर चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको आरोप लगाउनुभएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्