Main News

जुवाको खालबाट स्थानीय व्यापारी र नेता-कार्यकर्तासहित १६ जना पक्राउ

हिमालय टिभी
२०७७ मंसिर ७ गते ९:११
जुवाको खालबाट स्थानीय व्यापारी र नेता-कार्यकर्तासहित १६ जना पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले जुवा खालबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराती पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

स्थानीय सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेको अवस्थामा १ लाख ६९ हजार ६९५ रुपैयाँ नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा स्थानीय व्यपारीदेखि स्थानीय नेता कार्याकर्तासमेत रहेका छन् ।

जुवा खेल्न विभिन्न स्थानबाट पुगेका दुई वटा कार र १९ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँबाट आएका मानिसहरु जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बर्तौलाको घरमा छापा मारेको हो ।

प्रहरीले एक बुक तास र १६ थान कौडा बरामद गरेको छ भने विभिन्न कम्पनीका १७ थान मोटरसाइकल, को १ च ७३३८ र बा १४ च २७०३ नम्बरको कार नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–७ सिजुवा बजारका ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद पौडेल, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई र ४० वर्षीय नारायण चुडाल रहेका छन् ।

त्यस्तै ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर बर्तौला, ४५ वर्षीय दिपक ढुंगाना, ४५ वर्षीय योगराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता मगर,, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रविन पोखरेल र २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *