खेलकूद

टोटेनह्याम इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा फर्कन सफल

हिमालय टिभी
२०७७ मंसिर ७ गते ७:४०
टोटेनह्याम इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा फर्कन सफल

७ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम शीर्ष स्थानमा फर्किएको छ ।

प्रिमियर लीगअन्तर्गत गएराति म्यानचेष्टर सिटीलाई २–० गोलले हराउँदै टोटेनह्यामले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा टोटेनह्यामको जितमा सन ह्यूङ मिन र जियोवानी लो सेल्सोले एक(एक गोल गरे ।

मिनले खेलको पाँचौ मिनेटमै गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सेल्सोले ६५ औं मिनेटमा गोल थपे । टोटेनह्यामले ९ खेलबाट २० अंक जोडेको छ । उता पराजित भएको सिटी एघारौं स्थानमा झरेको छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले न्यूक्यासल युनाइटेड २–० गोलले नै हरायो । चेल्सीले आत्मघाती गोलसँगै शुरुवाती अग्रता लिएको थियो ।

न्यूक्यासलका फेडरिको फर्नान्डेजले १० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । ६५ औं मिनेटमा टमी अब्राहमले गोल गर्दै चेल्सीको जित सुनिश्चित बनाए । जितसँगै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ९ खेलबाट १८ अंक रहेको छ ।

लीग अन्तर्गत नै गएराति सम्पन्न अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वेष्ट ब्रोमलाई १–० र ब्राइटनले एष्टन भिल्लालाई २१ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्