Political Hightlights

नेकपा नेता पाण्डेमाथि ओली समूहको दुर्व्यवहार, नेपाल र खनालले गरे निन्दा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ६ गते १८:५९
नेकपा नेता पाण्डेमाथि ओली समूहको दुर्व्यवहार, नेपाल र खनालले गरे निन्दा (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । नेकपाका शीर्ष नेताले स्थानीय कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारको निन्दा गरेका छन् ।

नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

आफ्नै निर्वाचन क्षेत्रमा भएको कार्यक्रममा सहभागी भएका नेता पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओली गुटका कार्यकर्ताले दुर्व्यवहार गर्दै कार्यक्रमस्थलबाट लखेटेका थिए । वरिष्ठ नेता नेपालले पाण्डेमाथिको दुर्व्यवहार जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको पनि बताउनुभएको छ ।

यस्तै वरिष्ठ नेता खनालले पनि यो घटना कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत भएको भन्दै आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउनुभएको छ ।

नेता खनालले पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको बेला भएका यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउने भन्दै सचेत रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्