Main News

निःशुल्क कोरोना परीक्षणका लागि काठमाडौं महानगरले भोलिदेखि स्वाब संकलन गर्ने

हिमालय टिभी
२०७७ मंसिर ६ गते १४:५१
निःशुल्क कोरोना परीक्षणका लागि काठमाडौं महानगरले भोलिदेखि स्वाब संकलन गर्ने

६ मंसिर, २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलिदेखि निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गर्ने भएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सुचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित हुनुभएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वब संकलन कार्य शुरु गर्न लागिएको बताउनुभएको हो ।

यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गर्नुभयो ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभयो । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *