खेलकूद

मोनाको फ्रेन्च लीग वानको दोस्रो स्थानमा

हिमालय टिभी
२०७७ मंसिर ६ गते ७:२९
मोनाको फ्रेन्च लीग वानको दोस्रो स्थानमा

६ मंसिर, २०७७ काठमाडौं । फ्रेन्च लीग वान फूटबलमा मोनाको दोस्रो स्थानमा उक्लिएको छ ।

लीग वान अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन पीएजीलाई ३–२ गोलले हराउँदै मोनाको दोस्रो स्थानमा पुगेको हो । २५ औं मिनेटमा केलिएन एम्बाप्पेको गोलसँगै पिएजीले खेलमा अग्रता बनायो ।

एम्बाप्पेले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पिएजीको अग्रता दोब्बर पारे । त्यसपछि दोस्रो हाफमा मोनाकोले लगातार तीन गोल गरेको थियो ।

५२ औं र ६५ औं मिनेटमा केभिन भोल्याण्डले तथा ८४ औं मिनेटमा सेस फेब्रिग्यासले गोल गरेपछि मोनाको ३(२ गोलले विजयी भयो । पीएजसीका एब्डेउ डिएलोले ८३ औं मिनेटमा रेड कार्ड पाएका थिए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको मोनाकोले ११ खेलबाट २० अंक जोडेको छ । शीर्ष स्थानको पीएसजीको समान ११ खेलबाट २४ अंक रहेको छ । लीग वानकै अर्को खेलमा बोर्डेक्सले रेनेसमाथि १(० गोलको जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्