Main News

विश्व टेलिभिजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ मंसिर ६ गते ७:१६
विश्व टेलिभिजन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै

६ मंसिर, २०७७ काठमाडौं । विश्व टेलिभिजन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१७ डिसेम्बर सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिन यो दिवस मनाउने गरिएको हो ।

सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधि अहिले सशक्त सञ्चार माध्यम बनेको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।

सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो ।

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । विक्रम सम्वत २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।

नेपालमा अहिले दुईदर्जन बढि टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् । एक स्वतन्त्र अध्ययन अनुसार अहिले नेपालमा ४५ प्रतिशत जनताले टेलिभिजन मार्फत् पहिलो सूचना प्राप्त गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *