खेलकूद

खेलाडी र प्रशिक्षक सम्मानित

हिमालय टिभी
२०७७ मंसिर ५ गते १९:०३
खेलाडी र प्रशिक्षक सम्मानित

५ मंसिर, २०७७ काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

आज आयोजित कार्यक्रममा डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता आयशा शाक्य, कराते प्रशिक्षक प्रकाश चन्दलाई ताम्रपत्रसहित सम्मान गरेको हो ।

दिपक विष्ट दक्षिण एसियाली खेलकूदमा चारवटा स्वर्ण जितेका कीर्तिमानी खेलाडी हुन् । आयशा शाक्यले पनि दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै कराते प्रशिक्षक तथा रेफ्री प्रकाश चन्दले दक्षिण एसियाली खेलकुदसँगै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गरेका थिए ।

यस्तै खेलाडी गजेन्द्र साउद, प्रशिक्षक वीर कृष्ण शाही र चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का अध्यक्ष उत्तम बहादुर राउतलाई पनि सम्मान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्