आर्थिक

विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण सहयोग

हिमालय टिभी
२०७७ मंसिर ५ गते १८:३४
विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण सहयोग

५ मंसिर, २०७७ काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको एडीबीको मनिलास्थित प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ ।

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवर्दनमा टेवा पुर्‍याउने अपेक्षा गरेको एडीबीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *