समाज

३ लाख २० हजार घुससहित तलुसीपुर मालपोतका दुई कर्मचारी पक्राउ

हिमालय टिभी
२०७७ मंसिर ५ गते १६:२७
३ लाख २० हजार घुससहित तलुसीपुर मालपोतका दुई कर्मचारी पक्राउ

५ मंसिर, २०७७, तुलसीपुर । मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो ।

जग्गा नाँपजाँच गरी पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको हो ।

अहिले उनीहरुलाई तुलसीपुरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको आयोगका कार्यालय प्रमुख गणेश गैरेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *