Main News

नेपालमा थप १९४५ जनामा कोरोना पुष्टि, थप २२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ५ गते १६:१३
नेपालमा थप १९४५ जनामा कोरोना पुष्टि, थप २२ जनाको मृत्यु

५ मंसिर, २०७७ काठमाडौं । नेपालमा आज थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर २२ जनाको ज्यान गएको जनाएको छ । त्यस्तै १ हजार ९ सय ४५ जना संक्रमित थपिएका छन्। १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९ सय ४५ जना संक्रमित भएका हुन् ।

उपत्यकामा मात्रै ११०७ जना संक्रमित भएका छन् । देशभर १९४५ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा आधा भन्दा बढी संक्रमित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ४ सय ८४ र पुरुष ६ सय २३ जना छन् । जसमा काठमाडौंका ८ सय ६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ ।

पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या उल्लेख्य वृद्धि भएको छ । गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ । नेपालमा हाल निको हुने दर ८८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *