आर्थिक

नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश

हिमालय टिभी
२०७७ मंसिर ५ गते १३:४३
नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश

५ मंसिर, २०७७ काठमाडौं। नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९ दशमलव ४७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र करसहित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

नेपाल एसबीआई बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड रुपैयाँ छ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २० करोड रुपैयाँ मात्र नाफा कमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *