Main News

लामो र मध्यम दूरीको सार्वजनिक यातायातमा ओटीएमएस प्रणाली लागू

हिमालय टिभी
२०७७ मंसिर ५ गते ७:४२
लामो र मध्यम दूरीको सार्वजनिक यातायातमा ओटीएमएस प्रणाली लागू

५ मंसिर, २०७७ काठमाडौं । मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ ।

यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटीएमएस लागू गरिएको हो ।

सरकारले कोरोनाको जोखिम न्यूनीकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरूले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तर्गतका निकायहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

ओटीएमएसले लगानीकर्ताहरूको सञ्चालन खर्च घटाइ मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रक्रियामा बिचौलियाहरूलाई पूर्णरुपमा निषेध गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *