Main News

उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन दर्ता

हिमालय टिभी
२०७७ मंसिर ४ गते १९:१२
उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै जिल्ला प्रशासनमा निवेदन दर्ता

४ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको साधारण सभा गैरकानूनी भन्दै स्थगन गर्न माग राखेर प्रशासनमा निवेदन दर्ता गर्नुभएको हो ।

राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने भन्दै महासंघको निर्वाचनसमेत अवैधानिक हुने दावी गर्नुभएको छ ।

उहाँले महासंघको तदर्थ समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साहले सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको आरोप लगाइएको छ ।

यसैबीच महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *