Political Hightlights

महासचिव पौडेलको प्रस्तावः सचिवालय असक्षम भयो सामूहिक राजीनामा दिउँं

हिमालय टिभी
२०७७ मंसिर ३ गते १७:३५
महासचिव पौडेलको प्रस्तावः सचिवालय असक्षम भयो सामूहिक राजीनामा दिउँं

३ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिने प्रस्ताव गर्नुभएको छ ।

बालुवाटारमा बसेको सचिवालय बैठकमा महासचिव पौडेलले सचिवालय असक्षम भएको भन्दै राजीनामाको प्रस्ताव गर्नुभएको हो ।

महासचिव पौडेलको भनाई उधृत गर्दै एक सचिवालय सदस्यले भने–हामी सबै असक्षम भयौं, त्यसैले सबैले सामूहिक राजीनामा दिउँ ।’ अहिले सचिवालयमा रहेकाले राजीनामा दिएर स्थायी कमिटी सदस्यलाई सचिवालयमा ल्याउनुपर्ने महासचिव पौडेलको प्रस्ताव छ ।

पार्टीमा एकपछि अर्को गरी देखिएको संकट समाधानमा अहिलेको नेतृत्व असक्षम भएको पौडेलको जिकीर छ । नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने महासचिव पौडेलको टिप्पणी छ ।

पार्टी एकीकरण के का लागि भएको हो हामी कसरी चल्नुपर्ने थियो आज हामी के विषयमा छलफल गर्दैछौं भनेर प्रश्न गर्दा बैठकमा केही समय मौनता छाएको थियो । तर पौडेलको प्रस्ताव कुनै निर्णय भने भएन । पौडेलको प्रस्तावलाई प्रचण्ड–नेपाल पक्षले आफ्ना अक्षमता ढाक्ने र विषयान्तर गर्ने प्रयास भनेको छ ।

प्रचण्डनेपाल निकट एक सचिवालय सदस्यले ओलीलाई सहज हुने गरी र विषयान्तर हुने गरी महासचिवले प्रस्ताव ल्याएको बताए । आजको संकट के कारणले आयो भन्ने पहिले प्रष्ट हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्