Main News

वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, माग पूरा नभए आन्दोलन कडा बनाउने चेतावनी

हिमालय टिभी
२०७७ मंसिर ३ गते १३:२१
वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, माग पूरा नभए आन्दोलन कडा बनाउने चेतावनी

३ मंसिर, २०७७ काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ ।

कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको उनीहरुको आरोप छ ।

आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१ औं दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले बताउनुभयो ।

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाउनुभयो ।

चिकित्सकहरुले बिरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडी बढाएका छन् । आफ्ना माग पुरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *